Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशनख्खुमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

नख्खुमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


ललितपुर – ललितपुरको नख्खुमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक सिरहा घर भइ ललितपुरको थकसीखेलका २८ वर्षीय इलु घलेको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै मोटरसाइकलका पछाडि बस्ने मकवानपुर हात्तीसुढे घर भइ ललितपुरको जावलाखेल बस्ने २१ वर्षीय सजित परियारको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot