कोरोना संक्रमित मुख्यमन्त्री पौडेल दम्पत्तीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो
काठमाडौं, ७ कात्तिक । कोरोना संक्रमणपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र उनकी श्रमतीलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।
उनलाई शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको र गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।
उनका अनुसार मुख्यमन्त्री पौडेलको अवस्था सामान्य छ । बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि पौडेल होम आइसोलेसनमा नै थिए । एक वर्ष अघि मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाएको पौडेलको सचिवालयले जनाएको छ ।
क्याटेगोरी :
राजनीति,
स्वास्थ्य,
बाग्मती प्रदेश
ट्याग : #breaking,
#Corona