Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशमुख्यमन्त्री पौडेल दम्पती कोरोना संक्रमित

मुख्यमन्त्री पौडेल दम्पती कोरोना संक्रमित


मकवानपुर, ७ कात्तिक । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । केही दिन अगाडिदेखि सामान्य रुघाखोकी देखिएपछि सुरक्षा मापदण्ड अपनाएर होम आइसोलेशनमा रहेका पौडेललाई सङ्क्रमण पुष्टि भएको हो ।

मुख्यमन्त्रीसँगै उनकी पत्नी, एक जना सुरक्षाकर्मी, दुई जना चालक र एक जना कार्यालय सहयोगीमा बिहीबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताए ।

मुख्यमन्त्री पौडेल, उनकी धर्मपत्नी, चालक र सुरक्षाकर्मी सबै जना सुरक्षितसँग होम आइसोलेशनमा रहेका छन् । कोरोना पुष्टि भए पनि धेरै ठूलो समस्या भने नभएको सचिवालयले जनाएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #Corona, #hot