Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशकाठमाडौं उपत्यकामा एक हजार ५५२ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौं उपत्यकामा एक हजार ५५२ जना कोरोना सङ्क्रमित थपिए


काठमाडौं, कात्तिक ६ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ५५२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी एक हजार २८३ जना छन् ।

मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा एक हजार २८३, ललितपुरमा १५७ र भक्तपुरमा ११२ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि तीन हजार ६३७ जना सङ्क्रमित थपिएका छन् । १५ हजार २५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार २१५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #Corona, #hot