Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशललितपुरको बालकुमारीमा गाडीले पैदलयात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु

ललितपुरको बालकुमारीमा गाडीले पैदलयात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु


ललितपुर, ६ कात्तिक । ललितपुरको बालकुमारीमा नम्बर नखुलेको गाडीले पैदलयात्रुलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

अर्का एक जना घाइते भएका छन् । आज बिहान नम्बर नखुलेको गाडीको ठक्करबाट घाइते भएका ललितपुर महालक्ष्मीस्थानका ७८ वर्षका बाबुकाजी श्रेष्ठको उपचारको क्रममा बी एण्ड बी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका ७० वर्षका भाइलाल महर्जनको बी एण्ड बी अस्पतालमै उपचार भइरहेको छ । ठक्कर दिएर फरार भएको गाडी र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैबीच हिजो दिउँसो काठमाण्डौको बानेश्वरमा मोटरसाइकलले जेब्राक्रममा ठक्कर दिँदा घाइते भएकी युवतीको ज्यान गएको छ ।

वाग्मती प्रदेशको ०२०१३ प ६५०९ नम्बरको मोटरसाइकलले जेब्राक्रसमा बाटो पार गर्दै गरेकी काठमाण्डौ गोलढुंगाकी २० वर्षकी सुजु पुतुवारलाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा ट्रमा सेन्टरमा बेलुकी ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते मोटरसाइकल चालकको सिनामंगलमा रहेको काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #breaking