Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशनिवासमै पुगेर के भन्यो पत्रकार महासंघको टोलीले सञ्चारमन्त्री गुरुङलाई ?

निवासमै पुगेर के भन्यो पत्रकार महासंघको टोलीले सञ्चारमन्त्री गुरुङलाई ?


काठमाडौं, २ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाली सञ्चार क्षेत्रको हित हुनेगरी सञ्चार सम्बन्धी नीति, कानुन र संरचना निर्माण गरिने बताएका छन् । नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग आइतबार विहान भएको भेटमा उनले सो कुरा बताएका हुन् ।

मन्त्री गुरुङको सरकारी निवास पुल्चोकमा भएको भेटमा उनले महासंघ सहितका सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर आफू अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए। प्रेस स्वतन्त्रताको संरक्षण र प्रबद्र्धन, स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने पनि मन्त्री गुरुङले सो अवसरमा प्रतिवद्धता व्यक्त गरे ।

भेटका क्रममा महासंघका प्रतिनिधि मण्डलले सञ्चारमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो । सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारवाट हुनुपर्ने पहलहरुवारे महासंघको धारणा प्रस्तुत गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

महासंघले सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरकार, श्रमजीवी पत्रकार र मिडिया सञ्चालकहरुबीच छलफल र आपसी सहकार्य हुनुपर्ने बताएको थियो । श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, आम संचार नीति २०७३ अनुरुप कानुनी संरचना निर्माण, सञ्चार क्षेत्रको पुनरसंरचना गरी संघीयता र समावेशिताको कार्यान्वयन एवम् कोभिड १९ का कारण संचार क्षेत्रमा सिर्जित समस्या समाधान लगायतका विषयमा महासंघले धारणा राखेको अध्यक्ष आचार्यले बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस