Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशसांसदको हातमा नपुग्दै वडा अध्यक्षको हातमा बजेट किताव ?

सांसदको हातमा नपुग्दै वडा अध्यक्षको हातमा बजेट किताव ?


काठमाडौं । बागमती प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेट विवादित बन्दै गइरहेको छ । आर्थिक बर्ष २०७७/०७८ को बजेट बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद दुङ्गेलले सदनमा प्रस्तुत गरिसकेपछि सांसदहरुको हात हातमा कार्यक्रमको पुस्तक पुग्नुपर्ने कानुनी व्यवस्था छ तर बजेटमाथि छलफल सकेर सांसदहरु निर्वाचन क्षेत्रतर्फ फर्किसकेपछि पनि किताव पाउन नसकेको उनीहरुको गुनासो रहेको छ ।

यति मात्र होइन आफ्नो निर्वाचन क्षेत्रका वडा अध्यक्षहरुले आफ्नो वडामा परेको कार्यक्रमको पानाहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै धन्यवाद दिएको देखेर आफू आश्चर्यमा परेको प्रदेश सभा सदस्य निमा लामाले बताएका छन् । नेपाली कांग्रेसको तर्फका सांसद निमा लामाले आफ्नो सामाजिक सञ्जालमा असार ५ गते भइसक्दा पनि योजना तथा कार्यक्रमहरुको विवरण सरकारले सांसदलाई नदिएको, सभामुखलाई समेत गुमराहमा राखेको, मन्त्रीले सदनलाई ढाँटेको भन्दै सरकारको गोपनीयतामाथि प्रश्न गरेका छन् । उनले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट यसको जवाफको अपेक्षा समेत गरेका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस