सट्टेबाजी गराउने कार्यमा संलग्न ६ जना पक्राउ

काठमाडौं, ८ चैत । सट्टेबाजी गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। वनएक्स बेटमार्फत् सट्टेबाजी गराउने दिलीप सिंह कठायत, भुपालराज न्यौपाने, नयनराज भण्डारी, बरुन कुमार सिंह, शिवानी तामाङ, रोशन गुरुङ र बासुदेव पाण्डेलाई पक्राउ परेका हुन्।
प्रहरीका अनुसार उनीहरूमध्ये कोही महिना दिनदेखि सट्टेबाजीमा संलग्न थिए भने केही वर्षदिन देखि सट्टेबाजी गर्दै आएका थिए। प्रहरीका अनुसार ३५ जना व्यक्तिको नाममा खोलिएको डिजिछल वालेटहरूमा ४१ करोड १५ लाख ८९ हजार २७६ रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ।
पक्राउ परेकाहरूबाट प्रहरीले ३४६ थान सिमकार्ड, १० थान मोबाइल, विभिन्न बैंकका ३ थान चेकबुक र १२ थान एटीएम र एक थान ल्यापटप बरामद गरेको छ।
उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिमको कसूरअन्तर्गत थप अनुसन्धान र कारबाहीबा लागि जिल्ला प्रहरी परिसर भक्तपुर र टेकुमा पठाइएको प्रहरी उपरीक्षक एवं प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिएका छन्।
क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot, #pakrau, #sattebaji
प्रतिक्रिया