सियारामप्रसाद कुशवाह, मेयर, कटहरिया नगरपालिका
विश्वव्यापी महामारीको कोभिड–१९ को प्रभाव नेपालमा पनि ह्वात्तै बढेको छ । पछिल्लो १५ दिनको तथ्याङ्कले आम नेपाली आङ सिरिङ्ग हुने अवस्था सिर्जना भएको छ । अझ नेपालको सन्दर्भमा दुई नम्बर प्रदेश अझ बढी प्रभावित छ । दुई नम्बर प्रदेश रौतहटस्थित कटहरिया नगरपालिकाले कोभिड– १९ नियन्त्रण, रोकथाम र यसको उपचारबारे गरेका प्रयासबारे सो नगरपालिकाका प्रमुख सियाराम प्रसाद कुशवाहसँग गरिएको संक्षिप्त कुराकानी :
कोभिड–१९ (कोरोना भाइरस) नियन्त्रणका लागि अहिलेसम्म के कस्ता प्रयासहरु गर्नुभयो ?
यो भाइरसको औषधि पत्ता नलाग्दासम्म यसको उपचार विधि भनेकै मुख्य यसबाट जोगिने हो । हामीले मूल रुपमा यो भाइरस समुदायमा जान नपाओस भनेर क्वारेन्टाइन, होम क्वारेन्टाइनको व्यवस्था गरेका छौं । खासगरी विदेशबाट आएका र कोरोना विरामीको सम्पर्कमा आएका मानिसहरुलाई यसरी राखिएको छ । अर्काे विरामीलाई राख्न आइसोलेसन पनि छ । ५० बेडको आइसोलेसन, त्यसमा दुई जना डाक्टर र केही स्वास्थ्यकर्मीहरु राखिएको छ । सो कटहरिया उच्च माविमा छ । त्यसमा उपचार भइरहेको छ । तर, सीमित संख्या राख्नसक्ने क्षमता भएकाले आइसोलेसन बेड थप गर्नुपर्ने दबाबमा हामी छौं ।
आइसोलेसन थप गर्ने योजना छ ?
यो खासगरी प्रदेश र संघीय सरकारले सहयोग गरोस भन्ने हाम्रो चाहना छ । हाम्रो साधन स्रोतबाट कठिन हुन्छ । हाम्रो माग पनि के हो भने औषधोपचार प्रदेश वा संघीय सरकारले गरोस् । खाद्यान्न लगायतमा अरु समस्या स्थानीय सरकारले गर्छ भन्ने मेरो माग हो ।
रौतहटमा आइसोलेसन बेड कति छन् ?
झण्डै चार सय ५० छन् । तर, सुविधा दिन सकिएको छैन । संक्रमण बढिरहेको छ । त्यसले गर्दा पर्याप्त हुँदैन कम्तिमा संघीय सरकार तथा प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरी जिल्लाभित्र संक्रमितको अवस्था हेरेर आधुनिक उपकरणसहितको ल्याबको व्यवस्था गर्नुपर्छ । पीसीआर जाँच लगायत भेन्टिलेटरसहितको आइसोलेसन अस्पतालको व्यवस्था तत्कालै होस् । दक्ष चिकित्सकसहितको टिमको व्यवस्था होस् भन्ने माग पनि हामीले गरेका छौं । रौतहट जिल्लामा रहेका धेरैजसो क्वारेन्टाइन सेन्टरलाई पूर्वाधारको विकास गरी आइसोलेसनमा परिणत गरिएको छ । तर, सुविधा छैन । एचए, अहेब, स्टाफ नर्सको भरमा चलेको छ ।
चिकित्सक थप्नुप-यो भन्नुभएको हो ?
हो, तपाईंहरुले मिडियामा पढ्नुभएकै छ बिरामी यहाँ ठीक नभएपछि वीरगञ्ज, जनकपुर, हेटौंडा, काठमाडौं पठाइन्छ । तर, अस्पतालले लिन नमान्दा यो र त्यो अस्पताल लाँदालाँदै विरामीको मृत्यु भएको छ । त्यसकारण रौतहट जिल्लामा भेन्टिलेटरसहितको बेडको व्यवस्था हुनुप¥यो । अस्पतालले विरामी नलिने अवस्थाको अन्त्य गर्नुप¥यो । अस्पतालले बिरामी नलिने र मृत्यु हुने घटनाले नेपालकै वदनाम भइरहेको छ । त्यस्ता संघीय सरकारले ध्यान दिन जरुरी छ ।
कटहरिया नगरपालिकाले हालसम्म कोरोना नियन्त्रणका लागि कति खर्च ग-यो ?
गत चैत ११ गतेपछि लकडाउन भएपछि करिब दुई करोड ५० लाख भएको अनुमान छ । हामीले लकडाउनमा अति आवश्यक परिवारलाई राहत वितरणमा एक करोड पाँच लाख खर्च भयो । त्यतिखेर इन्डिया र अन्य ठाउँबाट आउनेलाई राख्न क्वारेन्टाइन निर्माण गर्नु प¥यो । त्यसमा ३३ लाख खर्च भएको छ । मास्क र सेनिटाइजरलगायत अन्य विभिन्न शिर्षकमा खर्च भएको छ ।
जनचेतनामुलक कार्यक्रम सबै वडामा सर्वपक्षीय टिम बनाएर जनचेतना जगाउन र स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गराउन पनि हामी सक्रिय सहभागी रह्यौ । त्यसमा पनि खर्च भयो । यो समस्या देखिएको छ महिनाभन्दा बढी भइसक्यो । त्यसैले खर्च पनि भइरहेको छ ।
खासगरी यो रोगबाट बचाउन जनतालाई चेतना जगाउनु नै मुख्य काम हो । सेनिटाइजर, माक्सको उचित प्रयोग र साबुन पानीले हात धुन सिकाउने र दुई मिटर दुरी कायम गरी अत्यावश्यक काम गर्ने लगायतको कुरा सिकाउने कामले पनि गति लिएको छ । अहिले कम्तिमा सर्वसाधारण मास्क प्रयोग गर्छन् । सावुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गरेर स्वास्थ्यको मापदण्ड अपनाएको पाइन्छ । यो राम्रो पक्ष हो । समयबद्ध साप्ताहिकबाट
क्याटेगोरी :
मधेस प्रदेश