Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशसिरहामा थप एक कोरोना संक्रमितको मृत्यु

सिरहामा थप एक कोरोना संक्रमितको मृत्यु


सिरहा, १२ भदौ । कोरोना संक्रमणबाट सिरहामा थप एक जनाको मृत्यु भएको छ ।
सिरहाको सुखीपुर नगरपालिका ८ निवासी ६५ बर्षीय पुरुषको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि गत भदौ ६ गते धरानस्थित स्वास्थ्य प्रतिष्ठानमा उपचार गराउन गएका पुरुषको गत भदौ ८ गते कोरोना संक्रमण पुष्टी भएपछि त्यही उपचार भईरहेको र उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । यो सँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।


क्याटेगोरी : स्वास्थ्य, मधेस प्रदेश
ट्याग : #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस