Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशसप्तरीमा बस दुर्घटना हुँदा एक जना यात्रुको ज्यान गयो, चालक भागे

सप्तरीमा बस दुर्घटना हुँदा एक जना यात्रुको ज्यान गयो, चालक भागे


सप्तरी, ९ असार । सप्तरीमा बस दुर्घटना हुँदा एक जना यात्रुको ज्यान गएको छ । दुर्घटनामा अन्य ११ जना यात्रु घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गको हनुमाननगर कंकालिनी नगरपालिका १ मा आज बुधवार बस पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा एक जना महिलाको ज्यान गएको र परिचय भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए ।

घाइतेमध्ये ६ जनाको भारदह अस्पतालमा र पाँच जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक भागेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख १८९८ नम्बरको बस अनियन्त्रित भएर सडकभन्दा तल खसेर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।


क्याटेगोरी : मधेस प्रदेश
ट्याग : #accident, #bus, #hot


तपाईको प्रतिक्रिया दिनुहोस