Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशप्रदेश २ मा सरकार परिवर्तनको संकेत, नेताहरुको दौडधुप बढ्दो

प्रदेश २ मा सरकार परिवर्तनको संकेत, नेताहरुको दौडधुप बढ्दो


जनकपुर, ३ भदौ । प्रदेश २ सरकार परिवर्तनको चर्चा चुलिएको छ । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा समायोजन र कार्यबिभाजनको बिषयसँगै सरकार परिवर्तनको चर्चा शुरु भएको छ । पार्टी एकिकरण भएपनि प्रदेश २ मा तत्कालिन समाजवादी पार्टी र राजपाका संसदीय दलका नेताहरुको समायोजन अझै हुन सकेको छैन् । अबको संसदीय दलको नेता कसलाई बनाउने बिषयमा दुबै दलबीच कुरा मिल्न सकेको छैन् ।

त्यसैले पार्टीको संसदीय दलको नेता छनौटसँगै प्रदेश २ मा सरकार परिवर्तन हुने सम्भावना बढ्ेको छ । यस्तै प्रदेश सरकार मधेश र मधेशी जनताको भावना अनुसार काम गर्न नसकेको र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै प्रदेश २ सरकार परिवर्तनको सबाल उठ्दै आएकाले पनि पार्टीका शिर्ष नेतृत्वले अहिलेको सरकार निरन्तरता नदिने सोचमा रहेको विश्लेषण हुन थालेको छ । हुनत प्रदेश २ सरकार गठनको केही समयपछि देखि नै सत्ता पक्षका समाजवादी पार्टी र राजपाका मन्त्रीहरु बीच बिभिन्न बिषयहरुमा खटपट समेत हुँदै आएको छ । यसले पनि यतिबेला सरकार परिवर्तनको सम्भावनालाई मलजल गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले एकलौटी सरकार चलाएको भन्दै तत्कालिन राजपाका मन्त्रीहरु पार्टीका शिर्ष नेतृत्वलाई पटक पटक मुख्यमनत्री फेरिनुपर्ने दबाब समेत दिदै आएको थियो । त्यसैलेपनि अब अहिलेको सरकार अघि बढ्न नसक्ने देखिन्छ ।

सरकार परिवर्तनको यी सम्भावनाहरुलाई बुझेर प्रदेशसभा केही सदस्यहरु संसदीय दलको नेतासँगै नयाँ मुख्यमन्त्री बन्नका लागि पार्टी शिर्ष नेता कहाँ धाउन्न थालेका छन् । संसदीय दलका नेता तथा मुख्यमन्त्रीका आकांक्षीहरु यतिबेला पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई र डा. बाबुराम भट्टराईलाई आफ्नो प्रभाबमा पार्न दौडधुप गरिरहेका छन् । वर्तमान मुख्यमन्त्री लालबाबु राउत तथा प्रदेश २ सरकारका मन्त्रीहरु यतिबेला आफ्नो पद जोगाउन निरन्तर काठमाडौं धाउँदै आएका छन् भने मुख्यमन्त्रीका आकांक्षीहरु पनि शिर्ष नेतृत्व समक्ष दौडधुप जारी राखेका छन् ।

संसदीय दलका नेता नै मुख्यमन्त्री बन्ने व्यवस्था भएकाले तत्कालिन फोरमका संसदीय दलका नेता चुनिएर मुख्यमन्त्री बनेका लालबाबु राउतलाई पुनः दलको नेतामा चयन गर्ने वा नयाँ अनुहारलाई अवसर दिने भन्नेमा शिर्ष नेताहरु बीच नै बिवाद छ । तत्कालिन राजपा र समाजवादीको संयुक्त सरकार बन्ने बेलामा राजपाका संसदीय दलका नेता जितेन्द्र सोनल र समाजवादीका नेता बिजय यादव मुख्यमन्त्रीका दाबेदार थिए ।

तर दुबै पार्टीबीच एकिकरण भएपछि संसदीय दलका नेतासँगै मुख्यमन्त्री बन्ने आंकाक्षीहरुको संख्या बढ्ेका छन् । मुख्यमन्त्री राउतले पुनः आफु नै दलको नेता र मुख्यमन्त्री बन्ने लबिङ्गमा लाग्दा प्रदेश २ सरकारका भौतिक पुर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल, आर्थिक मामिलामन्त्री बिजय यादवसँगै मनिष सुमन, उपेन्द्र महतो र रामअशिष यादव पनि दाबेदारी प्रस्तुत गर्दै आउनुभएको छ । आकांक्षी नेताहरुले पार्टीका प्रदेशसभा सदस्यहरुलाई आफ्नो पक्षमा तान्न निरन्तर प्रयास जारी राखेका छन् ।

अघिल्लो पटक प्रदेशसभाको सभामुख पद नपाएर असन्तुष्ट बनेका मनिष सुमन यस पटक संसदीय दलको नेता पाउनु पर्ने बताउँदै आएका छन् । आकांक्षी मध्ये मुख्यमन्त्री राउत, आर्थिक मामिला मन्त्री यादव, प्रदेशसभा सदस्यहरु उपेन्द्र महतो र रामअशिष यादव तत्कालिन समाजवादी पार्टीका हुन् भने सोनल र सुमन तत्कालिन राजपाका नेता हुन् । सोनल पार्टी अध्यक्ष ठाकुरका विश्वास पात्र मानिन्छ भने सुमन पार्टीका बरिष्ठ नेता महतोको निकट हुन् ।

आर्थिक मामिला मन्त्री यादव पार्टीका अध्यक्ष उपेन्द्र यादवको विश्वास पात्र हुन् । आकांक्षी सबैले आफु दलको नेता र मुख्यमन्त्री बने प्रदेशको विकास र सम्बृद्धिमा निस्वार्थ भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । तर पार्टी अध्यक्ष उपेन्द्र यादवले जसरी पनि आफ्नो पक्षधरलाई दलको नेता र मुख्यमन्त्री बनाउने दाउमा रहेको श्रोतको भनाई छ ।

त्यसैले अबको मुख्यमन्त्री बिजय यादव वा जितेन्द्र सोनल नै बन्न सक्ने समभावना बलियो रहेको श्रोतले बताएको छ ।


क्याटेगोरी : राजनीति, मधेस प्रदेश
ट्याग : #breaking, #hot


तपाईको प्रतिक्रिया दिनुहोस