Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशसर्लाहीको नारायणपुरमा भारतीय समूह र सशस्त्र प्रहरीबीच झडप, एकको मृत्यु

सर्लाहीको नारायणपुरमा भारतीय समूह र सशस्त्र प्रहरीबीच झडप, एकको मृत्यु

सशस्त्र प्रहरीको हतियार खोस्ने भारतीयलाई पक्राउ गरी नियन्त्रण


सर्लाही, ३० जेठ । सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा भारतीय समूहले शुक्रबार बिहान सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेको छ ।

ड्युटीमा खटिएका एक प्रहरीको हतियारसमेत उनीहरुले खोसेर लाने क्रममा सशस्त्र प्रहरीले फायरिङ गरेको छ । त्यसक्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले मृत्यु हुनेको परिचय खुलिनसकेको बताए । उनले भने, ‘घटनामा भारतीय पक्षका दुई जना र सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् ।’

सशस्त्र प्रहरीको फायरिङबाट दुई भारतीयलाई घुँडामुनि गोली लागेको छ । सशस्त्र प्रहरीको हतियार खोस्ने भारतीयलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिहान चार जनाको समूहमा आएका भारतीय व्यापारी सामान लिएर जबर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यसलगत्तै ती व्यापारीहरु नजिकको भारतीय गाउँमा गएर नेपाली प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको भन्दै सयौंको संख्यामा उनीहरु सीमामा आएका थिए ।

समूहमा आएका भारतीय नागरिकले सीमामा खटिएका प्रहरीसँग रहेको हतियार खोस्न थालेपछि एकछिन झडप समेत भएको थियो । त्यस क्रममा केही प्रहरी समेत घाइते भएका छन् । भीड तितरबितर नभएपछि र प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले स्थिति नियन्त्रणमा ल्याउन गोली प्रहार गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । उनले सीमामा तनाव रहेको जनाउँदै दुई जना भरतीयलाई गोली लागेको जानकारी दिए ।त्र सर्लाहीको फेनहारामा तस्करहरुले नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरेका थिए ।


क्याटेगोरी : मधेस प्रदेश
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार