Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशप्रदेश २ का कानुनन्त्री यादवमा कोरोना संक्रमण

प्रदेश २ का कानुनन्त्री यादवमा कोरोना संक्रमण


प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव तथा प्रदेश सभा सदस्य रिना यादवमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरमा भएको पीसीआर परिक्षणमा मन्त्री र प्रदेशसभा सदस्यसहित ७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधवार साँझ आएको पीसीआर परिक्षण रिपोर्ट अनुसार उनीहरु दुबैसँगै मन्त्रालयका २८ देखि ५२ उमेर समूहका ७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालय श्रोतले जनाएको छ । मन्त्री यादव होम आइसोलेसनमा बसेका छन् । उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको जनाएको छ । यसअघि प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्का छ तथा सामाजिक विकास मन्त्रालयका तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


क्याटेगोरी : मधेस प्रदेश
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार