कोरोना संक्रमण बढेपछि बारा र पर्सामा निषेधाज्ञा जारी
काठमाडौं । वीरगञ्जमा मात्र लागू गरिएको निषेधाज्ञा सोमबारदेखि पर्सा जिल्लाभर पनि लागू गरिने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण तथा रोकथामका लागि जिल्लाभर निषेधाज्ञा गर्न लागिएको हो ।
पर्सा जिल्लाभर फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै बारामा पनि निषेधाज्ञा जारी गरिएको छ । बारा जिल्लामा केही स्थानहरुमा आइतबार बिहान ५ बजेदेखि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
क्याटेगोरी :
स्वास्थ्य,
मधेस प्रदेश
ट्याग : #Corona