वीरगञ्जमा कोरोनाबाट थप एक जनाको मृत्यु
वीरगञ्ज, १७ साउन । वीरगञ्जको गण्डकमा रहेको वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी वीरगञ्ज महनगरपालिका वडा नम्बर १६ नगवाकी ५० वर्षीय महिलामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ ।
नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले ती महिलाको स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए । मधुमेह र उच्च रक्तचापको बिरामीसमेत रहेकी ती महिलालाई निमोनियाजस्तो देखिने लक्षण देखिएपछि महिलालाई उपचारको लागि साउन १४ गते गण्डकको वयोधा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
साउन १६ गते बिहान सबा १० बजे उपचारको क्रममा मृत्यु भएको थियो । उपचारको क्रममा मृत्यु भएकी ती महिलाको मृत्यु भइसकेपछि पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । योसँगै पर्सा जिल्लामा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको नारायणी अस्पतालका मेसु डा. उपाध्यायले बताए।
छ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज
वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा रहेको उपचारपश्चात कोरोनामुक्त भएर छ जना डिस्चार्ज भएका छन् । अस्पतालका ईन्चार्ज डा. निरजकुमार सिंहले आज शनिबार कोरोनालाई जितेर सङ्क्रमणमुक्त भएका छ जना डिस्चार्ज भएको जानकारी दिए ।
सङ्क्रमण पुष्टि भएपछि साउन ७ गते कोभिड अस्पताल भर्ना भई उपचार गराइरहेका एक जना र साउन ८ गतेदेखि अस्पतालमा उपचार गाराइरहेका पाँच जना आज शनिबार डिस्चार्ज भएको डा। सिंहले जानकारी दिए । डिस्चार्ज भएकाहरूमा कोरोना सङ्क्रमणको लक्षण देखिएपछि कोभिड अस्पतालमा भर्ना गरी उपचार थालिएको डा. सिंहले बताए ।
क्याटेगोरी :
मधेस प्रदेश
ट्याग : #breaking,
#Corona,
#कोरोना