Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशजनकपुर उच्च अदालत र जिल्ला अदालत जनपुरको सेवा बन्द

जनकपुर उच्च अदालत र जिल्ला अदालत जनपुरको सेवा बन्द


जनकपुर, १६ साउन । उच्च अदालत जनकपुरका एक जना न्यायाधिशमा कोरोना संक्रमण पुष्टी भएपछि आजदेखि उच्च अदालत र जिल्ला अदालत धनुषाको काम कार्वाही बन्द गरिएको छ ।

उच्च अदालत जनकपुर र जिल्ला अदालत जनकपुरको निश्चित काम कार्वाही बाहेक अन्य सबै सेवाहरु आजदेखि साउन ३१ गतेसम्मका लागि बन्द गरिएको छ । उच्च अदालत, जिल्ला अदालत, दुबै अदालतका सरकारी वकिल तथा बार एसोशिएसनको छलफलबाट यस्तो निर्णय लिएको जनाएको छ । लकडाउनको समयमा सम्पादन हुँदै आएको निश्चित काम कार्वाही बाहेक सबै सेवा साउन मसान्त सम्मका लागि बन्द गरिएको जनाइएको छ । उच्च अदालत जनकपुरका न्यायाधिशसहित २२ जनाको गत साउन १३ गते स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला जनकपुरमा परिक्षण गर्दा ५७ बर्षीय न्यायाधिशमा कोरोना संक्रमण पुष्टी भएको थियो ।


क्याटेगोरी : स्वास्थ्य, मधेस प्रदेश
ट्याग : #Corona


तपाईको प्रतिक्रिया दिनुहोस