Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशकोरोना संक्रमित महिलाले नारायणी अस्पतालको आइसोलेशमा बच्चा जन्माइन्

कोरोना संक्रमित महिलाले नारायणी अस्पतालको आइसोलेशमा बच्चा जन्माइन्


वीरगञ्ज, १६ साउन । कोरोना भाईरस संक्रमण पुष्टि भएर आइसोलेशनमा रहेकी एक ३१ वर्षिया महिलाले वीरगञ्जको गण्डकमा रहेको नारायणी अस्पताल अन्तरगतको गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेशनमा शुक्रबार छोरी जन्माएकी छिन् । कोभिड अस्पतालका कोर्डिनेटर डा। उदयनारायण सिंहले आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।

बिहीबार साँझ सुत्केरी व्यथाले च्यापेपछि सुत्केरी गराउन ती ३१ वर्षिया महिलालाई नेशनल मेडिकल कलेजको प्रसूती गृहमा लगेर भर्ना गरिसकिएको थियो । संक्रमित महिला सुत्केरी गराउनका लागि मेडिकल कलेजमा भर्ना भएको खबर पाएपछि कोभिड अस्पतालका चिकित्सकले राती साँढे एक बजे ती संक्रमित महिलालाई कोभिड अस्पतालमा ल्याएका थिए ।

बिहीबार राती अबेर आएको पिसिआर परिक्षण रिर्पोटमा उक्त गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो तर साझ नै सुत्केरी ब्यथाले च्यापेपछि सुत्केरी गराउन अस्पताल ल्याईएकाले कोरोना संक्रमण पुष्टि भएको जानकारी कुनैपनि परिवार सदस्य र स्वयम गर्भवती महिलालाई पनि थाहा थिएन ।

अचानक कोभिड अस्पतालको स्वास्थ्यकर्मी सहितको टोली अस्पताल पुगेपछि ती गर्भवती महिला र उनका परिवारका सदस्यलाई कोरोना संक्रमणको बारेमा जानकारी भएको थियो ।

कोभिड अस्पतालमा सुत्केरी गराउने दक्ष जनशक्ति नभएकाले बाहिर अन्य अस्पतालबाट नर्सलाइ बोलाएर, बिहान ४ बजेर १० मिनेट जाँदा बच्चाको जन्म भएको र आमा तथा शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा. सिंहले बताए ।

नवजात शिशुमा कोरोना भाईरसको संक्रमण छ छैन भनी परीक्षण गर्न स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि शुक्रबार बिहान नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको डा. सिंहले जानकारी दिए । आईसोलेसनमा बच्चा जन्मिएको नेपालमा सम्भवत यो नै पहिलो घटना हो ।


क्याटेगोरी : स्वास्थ्य, मधेस प्रदेश
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस