Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशप्रदेश २ मा कोरोना संक्रमण बढ्दै , प्रादेशिक अस्पतालको इमर्जेन्सी र आईसियु वडा सिल

प्रदेश २ मा कोरोना संक्रमण बढ्दै , प्रादेशिक अस्पतालको इमर्जेन्सी र आईसियु वडा सिल


जनकपुर, १२ साउन । सरकारले लकडाउन हटाए लग्तै प्रदेश २ मा कोरोना संक्रमण तिब्र रुपमा फैलिन थालेको छ । प्रदेश २ का ८ वटै जिल्ला कोरोना संक्रमणको हटस्पर्ट बनेको छ । सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको छ भने प्रशासनले गत साउन ८ गतेदेखि निषेधज्ञा जारी राखेको छ । हिजो मात्रै राजविराजस्थित उच्च अदालत जनकपुर राविराज इजलाशका एक जना न्यायाधिशसहित सप्तरीमा २० जना संक्रमित थपिएको छ । सप्तरीमा कोरोना संक्रमितको संख्या ४३४ जना पुगेको छ ।

केही दिनअघि भारतबाट फर्किएका राजविराज नगरपालिका ६ का एक जना ७२ बर्षीय व्यापारीको कोरोना संक्रमणबाट मृत्यु भएपछि कन्ट्याक्ट टे«सिङको आधारमा गरिएको परिक्षणको क्रममा राजविराजमा दैनिक संक्रमितको संख्या बढ्दै गएको छ । मृतक बृद्धको घर रहेको सिरहा रोडलाई सिल गरिएको छ भने राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको इमरेजेन्सी वार्डमा भर्ना भएका बिरामीमा कोरोना संक्रमण पुष्टी भएपछि १४ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखेर इमर्जेन्सी वार्ड सिल गरिएको छ । यस्तै एक जना कोरोना संक्रमितको मृत्यु भएपछि धनुषाको जनकपुरस्थित प्रादेशिक अस्पतालको इमर्जेन्सी र आइसियु वार्ड सिल गरिएको छ । इमर्जेन्सी वार्डलाई २४ घण्टा र आईसियु वाडलाई ७ दिनको लागि सिल गरिएको प्रादेशिक अस्पतालका निमित्त प्रमुख डा. जामुन सिंहले जानकारी दिए ।

आज विहान बसेको जिल्ला बिपद् व्यवस्थापन समितिका अन्तर्गतको कोभिड व्यवस्थापन समितिको बैठकले मृतक बिरामी भर्ना गरिएको इमर्जेन्सी युनिट २४ घण्टा र आइसियु वार्ड ७ दिनका लागि सिल गरिएको उनले बताए । धनुषाको शहिदनगर नगरपालिका डुमरीयाका ३८ बर्षीय पुरुषलाई ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि आइसियुमा भर्ना गरिएपनि भेन्टिलेटर अभावमा थप उपचारको लागि धरान रेफर गरिएको थियो । उपचारका लागि धरान लैजाने क्रममा सिरहा नपुग्दै हिजो मृत्यु भएको थियो ।

त्यस्तै पर्साको बिरगञ्जमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले गरेको निषेधज्ञा अझै जारी छ । तर संक्रमण समुदाय स्तरमै फैलिएकाले परिक्षणलाई बढाउनुपर्ने माग उठ्दै आएको छ । प्रदेश २ मा अहिलेसम्म कोरोना संक्रमणबाट १० जनाको मृत्यु भईसकेको छ भने ५ हजार भन्दा बढी कोरोना संक्रमित छन् । खुल्ला सिमानाका कारण प्रदेश २ संक्रमणको दृष्टिकोणले उच्च जोखिममा रहेको सरकारले बताउँदै आएपनि रोकथाम र नियन्त्रणका लागि सरकारले ठोस कदम नचालेको स्थानीयहरुको गुनासो छ । नत सिमानाका नै पुर्ण रुपले बन्द गर्न सकेको छ नत परिक्षण नै बढाउन सकेको छ । जसका कारण संक्रमणको जोखिम अझै बढ्दै गएको छ ।


क्याटेगोरी : स्वास्थ्य, मधेस प्रदेश
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार