Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशदुई चिकित्सकसहित १७ जनामा कोरोना संक्रमण पुष्टि

दुई चिकित्सकसहित १७ जनामा कोरोना संक्रमण पुष्टि


वीरगञ्ज, ८ साउन । नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा दुुई जना चिकित्सक, वीरगञ्ज कै एडभान्स अस्पतालमा उपचारत तीन जना बिरामी सहित १७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

बुधबार राती १० बजे आएको पिसिआर परीक्षणको रिर्पोट अनुसार नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा २ जना चिकित्सक, वीरगञ्ज कै एडभान्स अस्पतालमा उपचारत ३ जना सहित १७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको कोभिड अस्पतालका कोर्डिनेटर डा. उदय नारायण सिंहले बताए।

नयाँ फेला परेका संक्रमितहरु मध्ये एक ७० वर्षिय वृद्धको भने मंगलबार नै मृत्यु भईसकेको छ भने बाँकी संक्रमितहरुलाई नारायणी अस्पताल अन्तरगतको गण्डक अस्थायी कोभिड अस्पतालमा ल्याउने तयारी भईरहेको कोभिड अस्पतालका कोर्डिनेटर डा. उदय नारायण सिंहले जानकारी दिए ।

नयाँ संक्रमण देखिनेमा २ जना फिजिसियन चिकित्सक , र्सिया सुख्खा बन्दरगाहाका २ जना कर्मचारी र १ जना ट्रक चालक रहेका छन् भने एक निजी विधालयका विधार्थी रहेका छन् । त्यस्तैगरी नयाँ फेला परेका संक्रमितमा एडभान्स अस्पतालका उपचाररत ३ जना बिरामी र बीरगञ्ज वडा न १ छपकैयाका १ जना, वडा न ११ का १ जना, राधेमाइ का १ जना, पटेर्वा सुगौली गाँपाका १ जना लगायत रहेका छन् ।

कोरोना भाइरस समुदायमा फैलिएको हुनसक्ने भएकाले सबै संयन्त्र मिलेर काम गर्नुपर्ने अन्य कुनै उपाय नरहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर बताउँछन् । पर्साका विभिन्न सरोकारवाला निकायसँग गर्नुपर्ने सहकार्यमा कमी आउँदा कन्ट्र्याक्ट ट्रेसिङ, संक्रमित ओसारपसार, नमुना संकलन लगायतको काममा बाधा सृजना भइरहेको उनले बताए ।
गण्डक अस्थायी कोभिड अस्पतालमा हिजो बुधबारसम्म रहेका २९ जना संक्रमति मध्ये २४ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेको र १ जना आइसीयूमा उपचारत रहेको कोभिड अस्पतालका कोर्डिनेटर डा।सिंहले जानकारी दिए । हाल गण्डक अस्थायी कोभिड अस्पतालमा ६ महिला र २३ पुरुष गरी कुल २९ जना संक्रमित उपचाररत रहेकोमा अब यो संख्या बढेर ४५ हुने भएको छ ।


क्याटेगोरी : स्वास्थ्य, मधेस प्रदेश
ट्याग : #breaking, #Corona, #hot


प्रतिक्रिया दिनुहोस