Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशकोरोना संक्रमणबाट सप्तरीका एक बृद्धको मृत्यु

कोरोना संक्रमणबाट सप्तरीका एक बृद्धको मृत्यु


सप्तरी, २ साउन । कोरोना भाइरसबाट संक्रमित सप्तरीको एक बृद्धको मृत्यु भएको छ । कोरोनाबाट संक्रमित राजविराज नगरपालिका ६ निवासी ७३ बर्षीय बृद्धको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

उच्च रक्तचाप, मधुमेह र मुटु रोगबाट पीडित बृद्धको स्वास्थ्य अवस्था बिग्रिएपछि गत बुधवार उपचारका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर भएपछि आकस्मिक कक्षमा राखेर उपचार थालिएको थियो । उनमा कोरोना संक्रमण भए नभएको जाँच गर्न बुधवार नै स्वाब संकलन गरिएको र बिहीवार कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका प्रबक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।

संक्रमण पुष्टि भएपछि आइसोलेसनमा सिप्ट गरिएका बृद्धको बिहीवार मध्यरात मृत्यु भएको प्रबक्ता डा. सापकोटोले बताए ।


क्याटेगोरी : मधेस प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार