Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशप्रतिनिधिसभा पुनःस्थापना हुन्छ : अध्यक्ष यादव

प्रतिनिधिसभा पुनःस्थापना हुन्छ : अध्यक्ष यादव


सप्तरी, १२ असार । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केही दिनभित्र प्रतिनिधिसभा पुनःस्थापना हुने दावी गरे ।

सप्तरीमा आज पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले सर्बाेच्च अदालतले छिटै प्रतिनिधिसभा पुनःस्थापना गर्ने र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री रुपमा शपथ ग्रहण गराउन परमादेश जारी गर्ने बताए ।

“अघिल्लो पटक पनि सर्बाेच्च अदालतले संसद पुनःस्थापना गरेको थियो”, अध्यक्ष यादवले भने ,“यसपालि पनि अदालतले संसद पुनःस्थापना गर्छ भन्नेमा हामी विश्वस्त छौं ।” सरकारले कुनै माग पूरा नगर्दा पनि जसपाका कतिपय नेताहरु सरकारमा गएको टिप्पणी गर्दै अध्यक्ष यादवले प्रधानमन्त्री ओलीको ललिपपमा परेर जसपाका कतिपय नेता बाटो बिराएर सरकारमा गएको जनाए ।

नागरिकताको विषयमा प्रधानमन्त्री ओलीले ठूलो खेल खेलेको आरोप लगाउँदै यादवले संसदमा टेबुल भइसकेको नागरिकता विधेयकलाई संसदभित्रै पारित नगराई अध्यादेशबाट ल्याउनु गलत नियत प्रष्ट भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सहभागी भएकाहरु नेताहरु आत्मालोचना गरेर अग्रमगमनको पक्षमा फर्किन तयार भए पार्टीमा रहन सक्ने उनले बताए ।

 


क्याटेगोरी : मधेस प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस