Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशरौतहटमा प्रभु शाह सहभागी नगर सभामा झडप

रौतहटमा प्रभु शाह सहभागी नगर सभामा झडप


रौतहट, १० असार । रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा दुई पक्षबीच विवाद भएपछि झडप भएको छ। आज पाँचौं नगरसभामा प्रमुख अतिथि नेकपा एमालेका नेता प्रभु साह थिए। साह पक्ष र अरू दलका कार्यकर्ताबीच झडप भएको हो।

साह नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका थिए।
नगर सभामा बजेट पेश गर्ने र विपक्षी पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए।

प्रहरीले झडप रोक्न अश्रु ग्यास पनि प्रहार गरेको छ। केहीबेर अघिसम्म चार राउन्ड अश्रु ग्यास प्रहार गरिएको उनले बताए। भिड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको उनको भनाइ छ।

मौलापुरको मेयर रीनाकुमारी साह हुन्। प्रभु साह मेयर रीनाकुमारीकी श्रीमान् हुन्।

 


क्याटेगोरी : राजनीति, मधेस प्रदेश
ट्याग : #hot, #prabhu shah


तपाईको प्रतिक्रिया दिनुहोस