महोत्तरीमा गोली प्रहार गरि लाखौंको लुटपाट

जनकपुर, ३ असार । महोत्तरीमा गोली प्रहार गरी डाकाहरुको समूहले लाखौंको लुटपाट गरि फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार सम्सी गाउँपालिका १ पर्सा बजारमा गएराति डाकाहरुको समूहले राजीव ज्वेलरी सुन चाँदी पसलमा ८–१० जनाको संख्यामा रहेका हातहतियार सहितका डाकाहरुले लुटपाट गरेका छन्।
डाकाहरुले लुटपाटको क्रममा राजीव ज्वेलर्सका संचालक वीरेन्द्र साहसहित उनको परिवारका सदस्यहरु माथि आक्रमण समेत गरेका छन्। डाकाहरुको आक्रमणबाट साहका परिवारका सबै सदस्यहरु घाइते भएका छन्।
डाकाहरुले लुटपाटको क्रममा प्रहार गरेको गोली लागि पसल संचालक ५० वर्षीय वीरेन्द्र साह घाइते भएका छन्। साहलाई कम्मरमा गोली लागेको छ। उनको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरान रेफर गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी डाकाहरुले रड प्रहार गरी साहको श्रीमती ४५ वर्षीय शुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीय कंचन कुमारी साह, १७ वर्षीय छोरा राजिव साह घाइते बनाइ दिएका छन्। घाइतेहरु सबैलाई रड प्रहार गर्दा टाउको, मुख र शरीरको विभिन्न भाग चोटपटक र गहिरो घाउ लागेको छ। घाइतेहरुको सबैको उपचार अहिले प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रञ्जन मिश्रको अनुसार सम्सी गाउँपालिका १ पर्साबजार देखि २०० मिटर उत्तर सम्सी गौशला सडक खण्डको रोड देखि पश्चिममा रहेको साहको घर मै संचालन गरेको सुनचाँदी पसलमा मध्यराति डाकाहरुले गोली प्रहार गरि लुटपाट मच्चाएका हुन् । डाकाहरुले घरको पछाडिबाट पर्खाल नाघी घर भित्र प्रवेश गरी कटुवा पेस्तोलसहित फलामको रड प्रयोग गरी साहु सहित घरका प्राय सबै सदस्यहरु श्रीमती, छोरा, छोरी सबैमाथि आक्रमण गर्दै घर भित्र रहेको नगद तथा गरगहना लुटेर फरार भएको प्रहरी निरीक्षक मिश्रले जनाए।
प्रहरीको प्रारम्भिक जानकारी अनुसार डाकाहरुले चाँदी १७२ तोली ९काँचो० करिब २ लाख ३२ हजार बराबरको , सुन ५ तोला ९काँचो० करिब ४ लाख ६५ हजारको र नगद २ लाख लुटेर लगेका छन्।
महोत्तरीमा डाँका समुहहरुले पछिल्लो केही समयदेखि आतंक मच्चाउँदै आएको छ। गत सातामात्रै महोत्तरी कै लोहारपट्टी नगरपालिकाको बजार क्षेत्रमै एकको घरमा लुटपाट गरि घरधनीलाई गोली हानी गम्भिर घाईते बनाएकोमा पुनः विहीबार मध्यरातसमेत सोहि प्रकृतिको घटना घटाएको छ।
क्याटेगोरी : मधेस प्रदेश
ट्याग : #hot
प्रतिक्रिया