Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशराजेन्द्र महत्तोलाई जनकपुरमा आफ्नै निर्वाचन क्षेत्रका जनताले देखाए कालो झण्डा

राजेन्द्र महत्तोलाई जनकपुरमा आफ्नै निर्वाचन क्षेत्रका जनताले देखाए कालो झण्डा


जनकपुर, २७ पुस । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोलाई जनकपुरमा उनी निर्वाचित क्षेत्रमै केही युवाले कालो झण्डा देखाएका छन्।

संसद् विघटनविरुद्वको प्रदर्शनमा सहभागी भएका ती युवाले नेता महतोलाई कालो झण्डा देखाएका हुन्। उनीहरूले ‘राजेन्द्र महतो मुर्दावाद’ सहिदको भावनासँग खेलबाड गर्न पाइँदैनु जस्ता नारा पनि लगाएका थिए।

जसपाले रेल्वे स्टेसनमा भएको विरोध सभामा सहभागी हुन गएका महतोलाई भानु चोकमा कालो झण्डा देखाएका थिए। निर्वाचनअघि मधेश आन्दोलनमा ज्यान गुमाएका परिवारलाई ५० लाख रुपैयाँ दिने बताए पनि उक्त क्षतिपूर्ति र राहत रकम नपाएको भन्दै प्रदर्शकारीले महतोलाई कालो झण्डा देखाएका हुन्।


क्याटेगोरी : राजनीति, मधेस प्रदेश
ट्याग : #breaking, #rajendra


तपाईको प्रतिक्रिया दिनुहोस