Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशप्रम केपी कित्तामा सीके राउत ?

प्रम केपी कित्तामा सीके राउत ?


जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरी स्वेच्छाचारी चरित्र प्रदर्शन गरेको भन्दै मुलुक यतिबेला आन्दोलनको अवस्थामा छ । प्रधानमन्त्रीको कदम असंबैधानिक भएको भन्दै अहिले राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी लगायतले बिरोध गरिरहेका छन् । तर, मुलुक बिखण्डनको मुद्दा छाडेर मुलधारको राजनीतिमा आएका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले यतिबेला मुख खोलेका छैनन् । प्रधानमन्त्रीको कदमको बिषयमा केही नबोली मौन बसेका छन् ।

डा. राउत अहिलेसम्म न प्रधानमन्त्रीको कदमको बिपक्षमा बोलेको छ न त समर्थनमै । मधेश केन्द्रीत अधिकांश राजनीतिक दल, बुद्धिजीवीले प्रधानमन्त्री केपी ओलीको कदम असंबैधानिक भएको भन्दै आन्दोलन नै शुरु गरिसकेका छन् । तर, मधेशकै मुद्दालाई आधार बनाएर राजनीति अघि बढाएका डा. सीके राउत अहिलेसम्म प्रधानमन्त्रीको कदमका बारे मुख नखोलेका होलान् भन्ने सर्बत्र जिज्ञासा बढ्दै गएको छ । प्रधानमन्त्री राउतले चालेको कदम असंबैधानिक हुँदाहुँदै पनि डा. राउत मौन बसेपछि आमसर्वसाधारण मात्रै होइन, स्वयम् उनको पार्टीका नेता कार्यकर्ता समेत आश्चर्यमा परेका छन् । अमेरिकामा बैज्ञानिकको उपाधी पाएर बौद्धिक व्यक्तिको छबि बनाएका डा. राउत कही मन्त्री बन्ने लोभमा त परेनन् ? भन्ने आशंका उब्जिन थालेको छ ।

राउत मौन बसेपछि कही प्रधानमन्त्री केपी ओलीसँग त उनको साँठगाँठ त छैन ? पद र पैसा बाँड्ेर आफूतर्फ आकर्षित गर्न माहिर प्रधानमन्त्री ओलीको चंगुलमा फसेका त छैनन् राउत ? कही राउत प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा मन्त्री बन्छु भन्ने लोभमा त परेनन् ? यी र यस्ता आशंका गर्नेहरु पनि बढ्दै गएको छ । यस्ता प्रश्न आम सर्वसाधारण राउतप्रति उठाइरहँदा उनले केही नबोल्नु रहस्यमय रहेको बुद्धिजीवीहरु बताउँछन् । केही नबोली मौन बस्नुको अर्थ मौन समर्थन दिनु नै मानिन्छ । त्यसैले राउतको समर्थन ओलीतिरै हुनसक्ने बिश्लेषकहरुको भनाइ छ ।

हुन त बिखण्डनको मुद्दा बोकेर हिडेको डा. राउतलाई प्रधानमन्त्री ओलीले ११ बुँदे सहमति गरेर मूलप्रवाहको राजनीतिमा फर्काएका थिए । त्यसैले पनि ओलीप्रति राउतको झुकाब हुन सक्छ । यसअघि पनि डा. राउतलाई ओलीले सांसद बनाउन लागे, मन्त्री बनाएर पार्टीमा भित्रयाउँछन जस्ता हल्ला नचलेको होइनन् । यस्तो हावा चलेकै थियो । तर, त्यो सम्भव भएन । अहिले फेरि राउत ओलीतिरै ढल्किएको आरोप लाग्न थालेको छ । नढल्किएको भए संबिधानमा नभएको व्यवस्थालाई टेकेर प्रधानमन्त्री ओलीले चालेको असंबैधानिक कदमप्रति किन डा. राउत मौन बसेको हो ? आफुलाई अग्रगमनको दूत बताउने डा. राउत प्रधानमन्त्रीको प्रतिगामी कदमलाई किन बिरोध नगरेका होलान ? यसको उत्तर आम सर्वसाधारणले राउतबाट खोजिरहेका छन् । प्रधानमन्त्रीको असंबैधानिक कदमको बिरुद्धमा उभिने वा समर्थन गरेर प्रतिगामी कदमको मतियार बन्ने धार प्रष्ट पार्नुपर्ने बेला आएको छ । त्यसैले राउतले आफ्नो कित्ता प्रष्ट पार्नु आवश्यक छ । यसरी ढुलमुले तरिकाले जनता कति दिनसम्म ढाँट्ने डा. राउतजी !


क्याटेगोरी : राजनीति, मधेस प्रदेश
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस