Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशओलीको भष्मासुर प्रवृतिले मुलुक संकटमा : अध्यक्ष नेपाल

ओलीको भष्मासुर प्रवृतिले मुलुक संकटमा : अध्यक्ष नेपाल


सिरहा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको भष्मासुर प्रवृतिका कारण मुलुक गम्भीर संकटमा पुगेको बताएका छन् ।

किसान नेता जयगोविन्द साहको ३१ औं स्मृति सभालाई आज सिरहा कर्जन्हा नगरपालिकाको वस्तीपुरमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले ओलीमा भएको भष्मासुर, दुर्योधन र दुशासन प्रवृतिको कारण देश गम्भीर संकटमा फसेको बताए ।

ओली देश परिवर्तन, समाज रुपान्तरण र जनहतिको काम गर्न नसक्ने नेता रहेको बताउँदै उनले झूट, अहंकार, घमण्डको दोश्रो नाम केपी शर्मा ओली रहेको बताए ।

अनुशासनको पालना, पार्टीको मर्यादा, सिद्धान्त विचारमा चल्ने मान्छेबाट मात्र पार्टी लगायत देश र समाजको विकास तथा हित हुने दावी गर्दै नेपालले ओली पार्टीभित्रै बसेर एकतन्त्रीय र मनपरी ढंगबाट चल्न थालेकाले कार्वाही गरिएको बताए ।


ओलीलाई पटकपटक सुधार गर्न प्रयास गर्दा समेत नसुध्रको र अन्तमा असंवैधानिक कदम चालेर देशलाई नै दुर्घटनामा धेकेलेको उनको भनाइ थियो ।

बहुमत आफ्नो पक्षमा रहेको र आधिकारिक आफू रहेको दावी गरेर ओलीले झूटको खेती गरिरहेको जनाउँदैै नेपालले नेकपा पार्टी र सूर्य चिन्ह आफुहरुले पाउने दाबी समेत गरे ।

संसद विघटन गरेपछि ओली आफै कामचलाउ भइसकेको जिकिर गर्दै नेपालले असंवैधानिक कु को विरुद्धमा आन्दोलनको लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।


क्याटेगोरी : राजनीति, मधेस प्रदेश
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस