Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशशम्भुको शवमाथि राजनीति !

शम्भुको शवमाथि राजनीति !


जनकपुर । धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्रै युवक झुण्डिएको अवस्थामा मृत भेटिएपछि यतिबेला प्रदेश २ का जिल्लाहरु तातेका छन् । गत जेठ १४ गते भएको ट्याक्टर दुर्घटनाको विषयमा अनुसन्धान गर्न प्रहरी नियन्त्रणमा रहेका ट्याक्टर चालक सबैलाका शम्भु सदा जेठ २८ गते राति प्रहरी हिरासतमा रहेको शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए । सो घटना पश्चात आक्रोशित बनेका मृतकका परिवाजन र स्थानीयहरुले दिनहुँ विरोध प्रदर्शन गर्दै आएका छन् । हिरासतभित्रै शम्भुले पासो लगाई आत्महत्या गरेको प्रहरीले दावी गरिरहदा परिवारजन र स्थानीयहरुले भने नियोजित रुपमा शम्भुको हत्या भएको दावी गर्दै प्रदर्शन गरिहेका छन् ।

शम्भुको आत्महत्या वा हत्या के हो भन्ने प्रश्न अहिले उब्जिएको छ । के प्रहरी हिरासतमा शम्भुले आफै आत्महत्या ग¥यो वा हत्या गरी झुण्ड्याएर हत्या गरियो भन्ने प्रश्नको उत्तर खोज्न गहिरो अनुसन्धान गर्नु आवश्यक छ । घटना भएको छ दिन बित्नै लाग्दा समेत शबको पोष्टमार्टम अझै हुन सकेको छैन । कुनै पनि घटना आफैमा दुःखद हुन्छ नै तर एक साता बित्नै लाग्दा समेत शम्भुको शव पोष्टमार्टम र अन्तिम संस्कार हुन नसक्नु असाध्यै दुःखद कुरा हो ।

प्रहरीले यो आत्महत्या नै हो भनिरहदा पनि तत्कालै सबैले विश्वास गर्ने कुनै तथ्य र आधार छैन । तर अहिले हत्या नै हो र त्यसमा केही जनप्रतिनिधि र दलका नेताहरु विरुद्ध किटान गरेर जाहेरी दिन खोजिएको छ, जसले गर्दा अझ आशङ्का बढाएको छ । घटनाको सत्यतथ्य र निष्पक्ष अनुसन्धान पश्चात मात्रै वास्तविकता बाहिर आउन सक्ने भएकाले घटनाको सत्यतथ्य, निष्पक्ष छानबिनका लागि सबैले सहयोग गर्नु आवश्यक छ ।

पुर्वमन्त्रीका भाइसहित वडाअध्यक्ष र प्रहरी निरीक्षक विरुद्ध मुद्दा

धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयभित्र मृत्यु भएका शम्भु सदाको घटनामा संलग्न रहेको आरोपमा पूर्वमन्त्री मातृका यादवका भाइसहित वडाअध्यक्ष र प्रहरी निरीक्षक बिरुद्ध उजुरी दर्ता गराइएको छ । मृतक शम्भुकी आमा सियालीदेवी सदाले इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादव, पूर्वमन्त्री यादवका भाइ कारी यादव, सबैला नगरपालिका २ का वडाअध्यक्ष पासर साह, वडा नम्बर ३ का वडाअध्यक्ष सन्तोष साह, वडा नम्बर ४ बस्ने राजकुमार यादव, सञ्जय साह र वडा नम्बर ३ बस्ने काली प्रसाद साहविरुद्ध सरकारी वकिल कार्यालय जनकपुरमा किटानी जाहेरी दिएकी छिन् । उनकै मिलेमतोमा छोराको हत्या भएको भन्दै जाहेरीमा ज्यान मुद्दामा कारवाही गर्न माग गरिएको छ ।


क्याटेगोरी : राजनीति, मधेस प्रदेश
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस