Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

नोबेल अस्पतालमा लेजर प्रबिधिबाट पथरीको शल्यक्रिया सुरु (भिडियोसहित)


बिराटनगर । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले लेजर प्रबिधिबाट मृगौलाको पथरी निकाल्न थालेको छ । विनाचिरफार शरीरमा घाउ नबनाई लेजर प्रबिधिमार्फत मृगौलाको पथरी निकाल्न थालिएको हो ।

इजरायलबाट करिव दुई करोडको लागतमा लेजर मेसिनसहितका उपकरण ल्याएर बिना चिरफार मृगौलाको पथरी निकाल्न थालिएको नोबेल अस्पतालले जनाएको छ । चिकित्सकहरुका अनुसार यो प्रबिधि मार्फत मुत्रनलीबाट दुरबिन छिराएर मृगौलासम्म पुर्याई लेजर प्रबिधिमार्फत पथरीया फुटाएर निकाल्ने गरिन्छ । नोबेलका यूरोलोजिष्ट डा रामसागर शाह र डा जीत श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको टोलीले लेजर प्रबिधिमार्फत शल्यक्रिया थालेको हो ।

यसअघि शरीरमा प्वाल पारी मृगौलाको पथरी फुटाएर निकाल्ने गरिन्थ्यो । शरीरमा प्वाल बनाउँदा बिरामीको अस्पताल बसाई लामो हुँने र घाउ निको हुँन समय लाग्ने गरेको भए पनि प्वाल नबनाई लेजर प्रबिधिमार्फत ढुंगा निकाल्दा बिरामीलाई धेरै सहज हुने नोबेलका यूरोलोष्टी डा।रामसागर शाह बताउँछन् । उनी भन्छन्–‘प्वाल पारेर पथरी निकाल्दा घाउ निको हुन करिब १५ दिन लाग्छ । तर, लेजर प्रबिधिबाट पथरी निकाल्दा घाउ नै नहुने हुँदा बिरामी भोलिपल्टै डिस्चार्ज हुन्छन्, पर्सिपल्टदेखि नर्मल अवस्थामा फर्कन सक्छन् ।’

यता, नोबेलमा प्रोस्टेटको पनि लेजर प्रबिधिबाट शल्यक्रिया थालिएको छ । चिरफार नगरी लेजर प्रबिधिबाट प्रोस्टेटको पनि शल्यक्रिया गर्न थालिएको नोबेलका यूरोजोजिष्ट डा जीत श्रेष्ठले जानकारी दिए । नोबेलले लेजर प्रबिधिबाट शल्यक्रिया थालेपछि पूर्वी नेपालका बिरामीहरुलाई उपचारमा सहजता मिलेको छ ।


https://www.youtube.com/watch?v=IxeALtVWD9w&authuser=0


क्याटेगोरी : स्वास्थ्य, कोशी प्रदेश

प्रतिक्रिया


ताजा अपडेट