धनकुटामा सवारी दुर्घटना, सात सेना र तीन जना सरकारी कर्मचारीहरु घाइते

धनकुटा, १३ असार । धनकुटा नगरपालिका वडा नम्वर ९ स्थित गोलाइमा सवारी दुर्घट्ना भएको छ । उक्त दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइते हुनेहरूमा स्वास्थ्य कार्यालय धनकुटा सवारी चालक शिवबहादुर खड्का, स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरागाँई, छन् भने नेपाली सेनाका सात जना गरि नौ जना घाइते भएका छन् ।
घाइते चालक खड्कालाई धनकुटा जिल्ला अस्पतालमा उपचारका लागि लगिएको छ । नेपाली सेनाका पाँचजना गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट लगिएको छ ।
हिले बाहिनीबाट बन्दोबस्तीका सामान बोकेर विराटनगर जाँदै गरेको गाडी र स्वास्थ्य कार्यालय धनकुटाको धरानबाट स्वास्थ्य सामग्री लिएर धनकुटा आउँदै गरेको जीप धनकुटा नगरपालिका वडा नम्वर ९ मुलघाट नजिक एक आपसमा ठोकिदा दुर्घट्ना भएको हो ।
सवारी दुर्घट्नामूा गम्भीर घाईते पाँचजना सैनिकलाई हेलिकोप्टरमा लगिएको छ भने नेपाली सेनाका दुईजना र स्वास्थ्य कार्यालय धनकुटाका चालक, कार्यालय प्रमुख गुराँगाई सामान्य घाइते भएको जनाइएको छ ।
क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #accident, #hot
प्रतिक्रिया