Techie IT
×
गृहपृष्ठपर्यटनसगरमाथा क्षेत्रमा हिमपात, आरोहीहरु रोकिए

सगरमाथा क्षेत्रमा हिमपात, आरोहीहरु रोकिए


सोलुखुम्बु, १३ जेठ । सगरमाथाको दोश्रो शिविरमा झण्डै एक सय जना पर्वतारोही तथा उनीहरूका सहयोगी रोकिएका छन् । हिमपातका कारण दोश्रो शिविर अर्थात् ६ हजार चार सय मिटरको उचाइमा उनीहरू रोकिएका पर्यटन विभागको आधार शिविर सम्पर्क अधिकृत खिमलाल गौतमले जानकारी दिए ।

आरोहणका लागि चौथो शिविरसम्म पुगेका आरोहीहरू मौसम खराब हुने सूचना आएसँगै फर्किएका र उनीहरू दोश्रो शिविरमा अड्किएका उनले बताए । मौसम खराबीका कारण उनीहरूको उद्धारका लागि हेलिकप्टर पनि जान सकेको छैन । अहिले आरोहीहरू सुरक्षित रहेकाले मौसम सुधार नभएसम्म सबैलाई यथास्थितिमा रहन आग्रह गरिएको उनले बताए ।

बङ्गालको खाडीमा सुरु भएको ुयास्ु नामको चक्रवातको प्रभावले अहिले हिमाली क्षेत्रमा हिमपात र हावाहुरी चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दोश्रो शिविरमा आइपुगेका आरोही र सहयोगीहरू मौसम अनुकूल हुने पर्खाइमा रहेका सम्पर्क अधिकृत गौतमले बताए ।


क्याटेगोरी : पर्यटन, समाचार, प्रदेश १
ट्याग : #snow

तपाईको प्रतिक्रिया दिनुहोस