Techie IT
×
गृहपृष्ठप्रदेशप्रदेश १झापामा जुवाखालबाट ९ जना पक्राउ

झापामा जुवाखालबाट ९ जना पक्राउ


झापा, २४ चैत । । झापाको गौरादहमा जुवा खेलिरहेका ९ जना पक्राउ परेका छन्।

गौरादह नगरपालिका ३ बस्ने भक्तबहादुर बर्देवाको घरमा जुवा (कौडा) खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नगद ६९ हजार ४ सय २० रुपैयाँ, १६ थान कौडासहित उनीहरूलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

पक्राउ पर्नेमा घरधनी ४६ वर्षीय भक्तबहादुर बर्देवा, गौरादह २ बस्ने ३२ वर्षीय निर्मल थापा, गौरादह ३ बस्ने ३५ वर्षीय अङ्कित कार्की, सोही ठाउँका ३८ वर्षीय सुरेश भण्डारी, ४६ वर्षीय गौरादह ४ बस्ने ३६ वर्षीय मोहन खरेल, कनकाई नगरपालिका ३ बस्ने ४० वर्षीय रामप्रसाद खतिवडा, सोही ठाउँका ४२ वर्षीय ईश्वर खतिवडा, कनकाई ७ बस्ने ४६ वर्षीय विष्णुप्रसाद उप्रेती र दमक नगरपालिका ७ बस्ने ३८ वर्षीय निरबहादुर सुनुवार रहेको डिएसपी थापाले बताए।

पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाही लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ।


क्याटेगोरी : समाचार, प्रदेश १
ट्याग : #juwa

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)