Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशप्रदेश १उदयपुर जीप दुर्घटना : मृतक पाँच जनाकै परिचय खुल्यो

उदयपुर जीप दुर्घटना : मृतक पाँच जनाकै परिचय खुल्यो


उदयपुर, २ कात्तिक । उदयपुरमा जीप दुर्घटना हुँदा ज्यान गुमाएका पाँच जनाकै परिचय खुलेको छ । घाइते तीनै जनालाई थप उपचारको लागि विराटनगर रेफर गरिएको छ ।

गएराति कटारी नगरपालिका १४ भदौरेमा जीप दुर्घटना हुँदा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ९ माधवपुरका ४५ वर्षका रामबहादुर सार्की, त्यही ठाउँका २६ वर्षका कर्मे भन्ने कर्णबहादुर सार्की, ४० वर्षका खड्गबहादुर सार्की, ३५ वर्षकी नरिमाया सार्की र उदयपुर कटारी नगरपालिका ८ शिरीसेका ३० वर्षका महेशबहादुर बिकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

भैरहवाबाट ओखलढुंगाका लागि छुटेको बा २० च ७१७१ नम्बरको जीप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, प्रदेश १
ट्याग : #breaking, #jeep accident, #उदयपुर

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार