Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशप्रदेश १ओखलढुंगामा बालिकालाई दुई नाबालकद्वारा सामूहिक बलात्कार

ओखलढुंगामा बालिकालाई दुई नाबालकद्वारा सामूहिक बलात्कार


ओखलढुंगा, भदौ ३१ गते । ओखढुंगामा एक बालिमा माथि सामुहिक बलत्कार गर्ने तीन जना पक्रो परेका छन् । १६ वर्षीया बालिकाकाथि सामुहिक बलात्कार गर्ने चम्पादवी ८ का तीन जना पक्राउ परेका हुन् ।

घटना सार्वजनिक भएपछि पीडित पक्षको उजुरीका आधारमा प्रहरीले दुई जना बालकसहित तीन जनालाई घरबाटै पक्राउ गरेको छ । पीडित बालिकाका आफन्तका अनुसार उनलाई ३ जनाले मिलेर भदौ २४ गते सामुहिक रुपमा बलात्कार गरेका थिए । आरोपितहरु चम्पादेवी गाउँपालिका वडा नं ८ का रहेका छन । प्रहरी चौकी घोराखोरीको टोलीले आरोपितलाई पक्राउ गरि जिल्ला ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक मिलनसिं बस्नेतले जानकारी दिनु भयो । घटना अनुसन्धान भइरहेको र तीनमध्ये एक जनाले बलात्कार गर्न सहयोग गरेको तथा अन्य दुईले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको वस्नेतको भनाइ छ ।

बालिकाको जिल्ला अस्पताल रुम्जाटारमा स्वास्थ्य परिक्षण तथा उपचार गरिएको र जाहेरी दर्ता भइसकेको पीडित बालिकाकी दिदीले बताउनु भयो । आरोपितहरुलाई कडा कारवाही गर्न पीडित परिवारले माग गरेको छ । घटनामा १४ र १६ वर्षका दुई तथा १८ वर्षका एकजना संलग्न छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य, प्रदेश १


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार