Techie IT
×
गृहपृष्ठमनोरञ्जनगठबन्धनका उम्मेदवारहरुले विजयको औपचारिक घोषणामात्र गर्न बाँकी छ : वर्षमान

गठबन्धनका उम्मेदवारहरुले विजयको औपचारिक घोषणामात्र गर्न बाँकी छ : वर्षमान


रोल्पा, १ मंसिर । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारुढ गठबन्धन सफल भइसकेको दाबी गरेका छन्। चुनाव प्रचार–प्रसारका क्रममा उनले धेरैले गठबन्धन बीचैमा टुट्ने बताए पनि गठबन्धन थप बलयो भएको बताए।

उनले चुनावमा एक अर्का दललाई शतप्रतिशत मत ‘ट्रास्फर’ हुने अवस्था निर्माण भइसकेको दाबी गरे। नेताहरुको सत्ता स्वार्थका कारण नभई आफूहरुले केपी ओलीको निरंशुकता र प्रतिगमनविरुद्ध सैद्धान्तिक गठबन्धन निर्माण गरेको उनले दाबी गरे।

देशव्यापी रुपमा जनलहर देखिएको भन्दै उनले गठबन्धनका उम्मेदवारहरुको विजयको औपचारिक घोषणामात्र बाँकी रहेको जिकिर गरे। ‘धेरैले सत्ता स्वार्थका लागि गरिएको गठबन्धन धेरै दिन नटिक्ने भनेका थिए। जनताले त्यस्तो दाबीलाई अस्वीकृत गरेका छन्। यो गठबन्धन केपी ओलीको प्रगितमनविरुद्धको हो। दुई पटक संसद विघटन गरेपछि गरिएको सैद्धान्तिक गठबन्धन हो’, गृहजिल्ला रोल्पाको लिवाङमा आयोजित घरदैलो कार्यक्रमपछिको सभालाई सम्बोधन गर्दै पुनले भने, ‘गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गरेको छ। जसले केपी ओलीको स्वेच्छाचारिता, निरंकुशता र तानाशाही प्रवृत्तिविरुद्ध संघर्ष गरेको छ । राष्ट्रव्यापी रुपमा गठबन्धनमा पक्षमा देखिएको जनलहरले गठबन्धन सफल भएको पुष्टि भइसकेको छ।’

ओलीले सबैलाई गाली गर्ने र होच्याउने काम मात्र गरेको टिप्पणी उनको थियो। पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले मुलुकको अर्थतन्त्र संकटग्रस्त हुनुमा ओली जिम्मेवार रहेको आरोप लगाए। ओली प्रधानमन्त्री बन्नुअघि सात खर्ब हाराहारीमा रहेको वैदेशिक ऋण बढेर २१ खर्ब पुगेको तथ्यांक उनले प्रस्तुत गरे।

‘विगतमा सात खर्ब हाराहारीमा रहेको ऋण ओली प्रधानमन्त्री भएपछि २१ खर्ब पुगेको छ। झण्डैझण्डै ओलीले ७० हजारको हाराहारीमा ऋण बढाउने काम गरेका छन्’, पुनले भने, ‘जनताले बैंकबाट पैसा लिएर व्यवसाय गर्छु भन्न पाउँदैन। बैंकमा पैसा छैन। हामी गठबन्धनको सरकार बनेपछि बैंकमा पर्याप्त मौज्दात हुने वातावरण बनाउछौं। राज्यले गर्नुपर्ने खर्च नगरेर जनताको गोजी रित्याउने काम हुँदैन।’

 


क्याटेगोरी : मनोरञ्जन, लुम्बिनी प्रदेश
ट्याग : #barshaman pun, #breaking, #gathbandan

तपाईको प्रतिक्रिया दिनुहोस