Techie IT
×
गृहपृष्ठप्रदेशलुम्बिनी प्रदेशकपिलवस्तुकी ७० वर्षीया महिलाको बुटवलमा कोरोनाले मृत्यु

कपिलवस्तुकी ७० वर्षीया महिलाको बुटवलमा कोरोनाले मृत्यु


कपिलवस्तु, १७ भदौ । कोरोना सङ्क्रमणका कारण उपचाररत कपिलवस्तुकी ७० वर्षीया महिलाको बुटवलमा आज ज्यान गएको छ ।

कृष्णनगर नगरपालिका वडा नं. ११ की ७० वर्षीया महिलाको ज्यान गएको कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । भदौ ७ गते उनलाई कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि बुटवलमा रहेको प्रादेशिक अस्पतालमा लगिएको थियो ।

स्वास प्रश्वासमा समस्या देखिएपछि उनको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज बिहान सवा ९ बजे उनको ज्यान गएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

मृतक महिलामा ज्वरो, स्वास–प्रश्वास समस्या र उच्च रक्त रक्तचापको समस्या रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश
ट्याग : #breaking, #Corona, #hot


प्रतिक्रिया दिनुहोस