Techie IT
×
गृहपृष्ठप्रदेशलुम्बिनी प्रदेशप्युठानको गोलबाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

प्युठानको गोलबाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु


प्यूठान, ४ कार्तिक । तिराम–मुर्कुटी सडकअन्तर्गत प्युठानको गोलबाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

माण्डवि गाउँपालिका २ तिरामबाट दाङतर्फ जाँदै गरेको राप्ती सार्वजनिक बस ब्याबसायी समितीको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटना परेको घटनास्थलमै रहेका प्रहरी जवान डिल्ली बिकले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा दाङ घर भएका बस चालक ४० बर्षीय तारा राना रहेका छन। त्यस्तै, प्युठानको माण्डवि ९१ तिराम बस्ने बर्ष ६६ का गोकर्ण अधिकारी, बर्ष ४५ कि लक्षमीखत्री र दाङको बंगलाचुलीगाउँपालिका बस्ने ३० बर्षीया बसन्ता बिक घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारका लागि दाङ पठाईएको उनले जानकारी दिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश
ट्याग : #hot, #pyuthan