Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

बलात्कार अभियोगमा पक्राउ परेका देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतम निलम्बित


रूपन्देही, १२ जेठ । बलात्कार अभियोगमा प्रहरी हिरासतमा परेका दाङको देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतम पदबाट निलम्बित भएका छन् ।

क्याम्पस सञ्चालक समितिको बिहीबार बसेको बैठकले क्याम्पस सञ्चालक समितिको कोषाध्यक्षसमेत रहेका गौतमलाई निलम्बित गरेको क्याम्पस प्रमुख शिव वलीले जानकारी दिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष गणेशकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले पूर्वक्याम्पस प्रमुखसमेत रहेका गौतमलाई उनी पक्राउ परेको दिनदेखि नै लागू हुने गरी सबै पदबाट निलम्बित गर्ने निर्णय गरेको क्याम्पस प्रमुख वलीले बताए ।

लमही नगरपालिका वडा नं. ५ रातोडाँडाका उपप्राध्यापक गौतमले जेठ ८ गते दिउँसो घरमा कोही नभएको समयमा एक २२ वर्षीया छात्रालाई जागिरको प्रलोभन देखाएर बलात्कार गरेको जाहेरीपछि सोही दिन उनी पक्राउ परेका थिए । जेठ ९ गते जिल्ला अदालतले गौतमलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको थियो ।

 


क्याटेगोरी : लुम्बिनी प्रदेश
ट्याग : #deukhuri multiple campus, #hot, #sheshmani gautam

प्रतिक्रिया


ताजा अपडेट