Techie IT
×
गृहपृष्ठप्रदेशकोसी प्रदेशमन्त्री जीवन घिमिरेलाई कोरोना सङ्क्रमण

मन्त्री जीवन घिमिरेलाई कोरोना सङ्क्रमण


विराटनगर, १६ भदौ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उनलाई सङ्क्रमण पुष्टि भएको हो ।

यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।

मन्त्री घिमिरे शनिबार साँझदेखि निवासमै रहेका छन् । उनको स्वास्थ अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ ।


क्याटेगोरी : राजनीति, स्वास्थ्य, कोसी प्रदेश
ट्याग : #breaking, #Corona


प्रतिक्रिया दिनुहोस