Techie IT
×
गृहपृष्ठप्रदेशकोशीचट्याङ लागेर भोजपुरमा एकको मृत्यु

चट्याङ लागेर भोजपुरमा एकको मृत्यु


भोजपुर, १ असार भोजपुरको षडानन्द नगरपालिका ३ खार्ताम्छामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

ट्याम्के मैयुङ गाँउपालिका १ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिका राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मावली घर आएकी बालिकालाई आइतबार दिउँसो ४ बजेतिर खेतमा रोपाईँ भइरहेको समयमा वर्षासँगै परेको चट्याङले लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारको लागि स्थानीय स्वस्थ्य चौकीमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिकाको शवलाई आज उनका अभिभावक आएपछि कानुनी प्रक्रिया पूरा गरि पोष्टमार्टमका लागि पठाइने जनाएको छ ।


क्याटेगोरी : प्रदेश, कोशी
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस