Techie IT
×
गृहपृष्ठप्रदेशकाठमाण्डौ प्रवेशक लागि थप कडाइ, यस्तो छ नियम…

काठमाण्डौ प्रवेशक लागि थप कडाइ, यस्तो छ नियम…


काठमाण्डौ, ३२ जेठ । जिल्ला प्रशासन कार्यालयले काठमाण्डौ प्रवेशको लागि थप कडाइ गरेको छ ।

जिप्रकाले सूचना निकालेर काठमाण्डौ प्रवेशको लागि काठमाण्डौको जुन नगरपालिकामा बसोबास रहेको छ, त्यो नगरपालिकाको सिफारिस लिएर यात्रा सुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।

त्यसपछि विभिन्न जिप्रकाबाट अनुमति माग गरेर काठमाण्डौ जिप्रकामा अनुमति लिनुपर्नेछ । जोखिम विश्लेषण गरेर मात्रै जिल्ला प्रशासन कार्यालयले अनुमति दिने जनाएको छ ।

काठमाण्डौ भित्रको पास रद्द गरिएको छ । काठमाण्डौ छाड्न चाहनेले पनि व्यक्तिगत अत्यावश्यक कार्यको लागि जिप्रकाबाट पास लिनुपर्ने र संस्थागत काम भएमा संस्थाको पत्र र काम खुलाउनुपर्नेछ


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #Corona, #hot


तपाईको प्रतिक्रिया दिनुहोस