गृहपृष्ठ ∕
प्रदेश ∕
दुई नम्बर प्रदेशमा कोरोना नियन्त्रण समस्यामा : सांसद यादव
दुई नम्बर प्रदेशमा कोरोना नियन्त्रण समस्यामा : सांसद यादव
काठमाडौं, ३२ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद मातृकाप्रसाद यादवले दुई नम्बर प्रदेशमा कोरोना नियन्त्रण हुन नसक्दा समस्या उत्पन्न भएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद यादवले दुई नम्बर प्रदेश सरकारले पनि कोरोना नियन्त्रणका लागि कुनै प्रभावकारी योजनाका साथ काम गर्न नसकेको टिप्पणी गर्दै कडा भइरसका लागि कडा खालकै उपचार व्यबस्था मिलाइलिन सरकारसँग आग्रह गरे । उनले भने ‘कडा भाइरस आएको भन्ने प्रधनमन्त्रीले कडा खालको उपचारको व्यवस्था मिलाइदिनपर्यो’ ।
साथै उनले धनुषाको सबैला नगरपालिकामा ट्याक्टर दुर्घटनापछि पक्राउ परेका चालकको जेठ २७ गते हिरासतमै शौचालयमा भुण्डिएको अवस्थामा शव फेला परेको घटना छानबिन गर्न माग गरेका छन् । उनले रुकुम घटनाबारे छानविन गर्न गठन भएको संसदीय समतिलाई धनुषाको घटनाको छानबिन गर्न जिम्मा दिन पनि माग गरे । नेता यादवले राजनीतिक संरक्षणमा अपराधीले उन्मुक्ति पाइरहेको भन्दै आपराधिक घटनालाई राजनीतिक आडमा जोगाउने परम्परा रोक्न माग गरे ।
क्याटेगोरी :
प्रदेश,
मधेस प्रदेश,
राजनीति