Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशमौसम खराब हुँदा गृहमन्त्री लिएर बागलुङ उडेको हेलिकोप्टर पोखरामै अवतरण

मौसम खराब हुँदा गृहमन्त्री लिएर बागलुङ उडेको हेलिकोप्टर पोखरामै अवतरण


पोखरा, १८ भदौ । मौसम खरावीका कारण राहत सामग्रीसहित गृहमन्त्री रामबहादुर थापालाई लिएर बागलुङको ढोरपाटन हिडेको नेपाली सेनाको हेलिकोप्टर पोखरा फर्किएको छ । काठमाडौंबाट राहत सामग्री लिएर उडेको हेलिकोप्टर खराव मौसमका कारण स्याङ्जा पुगेर फर्कीएका गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराइले जानकारी दिए।

गृहमन्त्री सहित बागलुङ क्षेत्र नम्बर दुईका सांसद देवेन्द्र पौडेल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल सवार हेलिकोप्टर मौसम खरावीका कारण स्याङ्जाबाट पास हुन नसकेको भट्टराईले बताए । ‘हामी अहिले पोखरा विमानस्थमा छौं, मौसम खुले बागलुङ जाने नखुले काठमाडौं नै फर्कने छौं ।’ भट्टराईले भने ।

ढोरपाटन नगरपालिका वडा नं. ९ को सुर्तिवाङ लेकबाट खसेको पहिरो र भुजी खोलामा आएको बाढीका कारण ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ का ३० जना भन्दा बढी वेपत्ता भएका थिए । वेपत्ता मध्य अहिलेसम्म १३ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, गण्डकी प्रदेश
ट्याग : #badal, #helicopter, #hot


प्रतिक्रिया दिनुहोस