गृहपृष्ठ ∕
प्रदेश ∕
चितवन मेडिकल कलेजमा उपचाररत महिलाको कोरोनाले मृत्यु
चितवन मेडिकल कलेजमा उपचाररत महिलाको कोरोनाले मृत्यु
चितवन, १८ भदौ । चितवन मेडिकल कलेजमा उपचारत एक महिलाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । ज्यान जानेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन् ।
अस्पतालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्रा।डा हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो ।
भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनीको बुधबार राति ज्यान गएको अस्पतालले जनाएको छ । योसँगै चितवनमा कोरोनाका कारण ज्यान जानेको सङ्ख्या १८ पुगेको छ । चितवनका १० जना, मकवानपुरका ४ जना, बारा, गोरखा, कैलाली र नवलपरासी सुस्ता पूर्वका १र१ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।
क्याटेगोरी :
प्रदेश,
बाग्मती प्रदेश
ट्याग : #Corona,
#hot