पहिलो पटक कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु
काठमाडौं, १५ भदौ । नेपालका कोरोना भाइरस (कोभिड—१९) बाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
१२ भदौमा महोत्तरीको मनरा सिसवा—४ का ३५ वर्षीय हेल्थ असिस्टेन्ट (एचए) लाई उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा बाटैंमा मृत्यु भएको महोत्तरीका कोभिड फोकल पर्सन विरेन्द्र कुमार झाले जानकारी दिए ।
उनको ललितपुरस्थित बयोधा हस्पिटलमा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । महोत्तरीमै मेडिकल सञ्चालन गरेका उनी उनी ७ भदौमा बिरामी परेका थिए ।
मृतकको परिवारका अन्य सदस्यहरु पनि औषधि व्यवसायमा नै संलग्न रहेको र अन्य सदस्य पनि कोरोना संक्रमित भएको झाले जानकारी दिए । तर स्वास्थ्यकर्मीको मृत्युबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुलाएको छैन ।
क्याटेगोरी :
प्रदेश,
मधेस प्रदेश
ट्याग : #breaking,
#Corona,
#hot