गृहपृष्ठ ∕
प्रदेश ∕
सिन्धुलीमा शिक्षक अपहरण गर्ने विप्लव समूहका आठ कार्यकर्ता पक्राउ
सिन्धुलीमा शिक्षक अपहरण गर्ने विप्लव समूहका आठ कार्यकर्ता पक्राउ
सिन्धुली, १५ भदौ । सिन्धुलीमा विद्यालयका शिक्षक अपहरणमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द विप्लव समूहका आठ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
दुई दिनअघि तीनपाटन गाउँपालिका–८ तिल्पुङ्गडाँडाको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई विद्यालयबाटै अपहरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये ७ जना पुरुषलाई फिक्कल गाउँपालिका १ महादेवडाँडाबाट र एक जना महिलालाई तीनपाटन गाउँपालिका ८ लायोगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
पक्राउ परेका उनीहरुको साथबाट पाँच थान सुतली बम, दुई वटा सकेट बम र आठ थान बम बनाउन प्रयोग गरिने सकेट बरामद गरिएको छ पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रधानाध्यापक भण्डारी भने लायोगाउँबाटै अपहरणमुक्त भएका छन् ।
क्याटेगोरी :
प्रदेश,
बाग्मती प्रदेश,
राजनीति
ट्याग : #breaking,
#hot