Techie IT
×
गृहपृष्ठप्रदेशगुल्मीमा कोरोनाले एक जनाको मृत्यु

गुल्मीमा कोरोनाले एक जनाको मृत्यु


गुल्मी, ३२ जेठ । गुल्मीमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

रेसुंगा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ बर्षिय पुरुषको शनिबार राती १० बजे मृत्यु भएको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।

उनमा जेठ १२ कोरोना संक्रमण पुष्टि भएसंगै रेसुंगा नगरपालिकाको आइसोलेशनमा राखेर उपचार गरिएको थियो । उनी बिगत २ बर्षदेखि क्यान्सर रोगले पीडित थिए ।

केही दिन अगाडीदेखि उनको स्वास्थ्य अवस्था गम्भीर थियो । उनी आइसोलेशनको बेडमा जान र झर्न नसक्ने भएपछि उनको भुँइमै राखेर उपचार गरिएको थियो ।

उनको शबलाई राती नै व्यवस्थापन गर्ने स्वास्थ्य संयोजक अर्यालले जानकारी दिए । उनका १४ बर्षका छोरा, ७० बर्षका बुवा र श्रीमती छन् ।
गुल्मीमा यस अगाडी कोरोना संक्रमणकै कारण मदाने गाउँपालिका वडा नं ६ का ४१ बर्षिय शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।


क्याटेगोरी : प्रदेश, लुम्बिनी प्रदेश, स्वास्थ्य
ट्याग : #breaking, #Corona


प्रतिक्रिया दिनुहोस