Techie IT
×
गृहपृष्ठप्रदेशपाटन अस्पतालमा २९ वर्षीय कोरोना संक्रमित युवाको मृत्यु

पाटन अस्पतालमा २९ वर्षीय कोरोना संक्रमित युवाको मृत्यु


काठमाडौं, १४ भदौ । कोरोना सङ्क्रमित एक जना २९ वर्षीय युवाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु भएका युवा ललितपुरका हुन् ।

स्वास्थ्य कार्यालय, ललितपुरले साउन उपचारको क्रममा ललितपुर निवासी युवाको शनिबार राति करिब दश बजे निधन भएको जनाएको छ । उनी साउन २८ गतेदेखि अस्पतालमा उपचाररत थिए ।

पाटन अस्पतालमा शुक्रबार राति र शनिबार गरी चार जना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं, ललितपुर र भक्तपुरका एक एक तथा महोत्तरीका एक जना हुन ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #breaking, #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस