Techie IT
×
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशदैलेखमा एक पत्रकारसहित ११ जनामा कोरोना संक्रमण

दैलेखमा एक पत्रकारसहित ११ जनामा कोरोना संक्रमण


दैलेख, १३ भदौ । दैलेखमा एक जना पत्रकारसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य सेवा कार्यालयले दैलेख अन्तर्गतको पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा पत्रकारसहित ११ जनामा कोरोना देखिएको हो। जिल्लामा दुई दिनको अवधिमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार दुल्लु नगरपालिकाका १२ जनामा कोरोना पुष्टि भएको थियो। शुक्रबार संक्रमण पुष्टि भएका ११ जना नारायण नगरपालिकाका रहेका स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए।

कर्णाली प्रदेशका दश जिल्लामध्ये सबैभन्दा धेरै कोरोना पुष्टि हुनेहरूको संख्या दैलेखमा छ। ११ वटा स्थानीय तह रहेको दैलेखमा हालसम्म १ हजार ६१ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये ३ जनाले ज्यान गुमाइसकेका छन्।


क्याटेगोरी : प्रदेश, कर्णाली प्रदेश, स्वास्थ्य
ट्याग : #Corona

तपाईको प्रतिक्रिया दिनुहोस