Techie IT
×
गृहपृष्ठप्रदेशलुम्बिनी मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु

लुम्बिनी मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु


पाल्पा, १३ भदौ । लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

पाल्पको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।

कोरोना देखिएपछि उनी सोही दिनदेखि आइसोलेसनमा उपचाररत थिइन् । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा बेलुका ६ः३० बजे उनको मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले जानकारी दिए । ती महिला मुटु रोगीसमेत रहेको शाक्यले बताए ।


क्याटेगोरी : प्रदेश, लुम्बिनी प्रदेश
ट्याग : #breaking, #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस